सिरहा । सिरहाको सलहेश फूलबारीमा नयाँ वर्षको दिन भोलि लाग्ने मेलाका लागि आजैदेखि भीड बढ्न थालेको छ । लहान नगरपालिका-१२ मा रहेको सलहेश फूलबारीमा नेपालसँगै भारतका श्रद्धालुहरू समेत आउन थालेका हुन् ।
सलहेश फूलबारीमा प्रत्येक वैशाख १ गते मेला लाग्ने गर्छ । यो मेलाको मुख्य आकर्षण हारमको रूखमा फुल्ने सुनाखरी हो । यो फूललाई राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिन्छ ।
यहाँ सिरहासँगै मधेशका विभिन्न जिल्लाहरू सहित भारत बिहार राज्यका विभिन्न स्थानका सर्वसाधारणहरू मेला भर्न आउँछन् ।