
काठमाडौं । आम जनता पार्टी-आजपा अध्यक्ष प्रभु साहले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएकाे छ ।
आजपा अध्यक्ष साहसँगकाे भेटमा रास्वपा सभापति लामिछानेले मधेशलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिनुभएको छ । मधेशले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा दुवै नेता सहमत भएको बताइएको छ ।
आजपा अध्यक्ष साहले सरकारले कर्णाली र मधेशलाई प्राथमिकताका साथ अगाडि बढाउन चाहेकाले सोही विषयमा कुराकानी भएको नेताहरूले बताए । सभापति लामिछानेले सरकारले सबैको चाहनाअनुसार विकास र समृद्धिका लागि काम गर्ने गरी अगाडि बढ्ने चाहेको लामिछानेको सचिवालयले जनाएको छ ।