कांग्रेसको संस्थापन इतर पक्षको केन्द्रीय समिति बैठक जारी

चैत्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसको संस्थापन इतर पक्षको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादबीच संस्थापन इतर पक्ष (पूर्वसभापति शेरबहादुर देउवा समूह)ले बोलाएको केन्द्रीय समिति बैठक काठमाडौंमा जारी छ ।

बैठकलाई पूर्वसभापति देउवा निकट नेता तथा कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले अध्यक्षता गर्नुभएको हो । बैठकमा तीनवटा मुख्य एजेन्डामा छलफल भइरहेको बताइएको छ । यो बैठक निर्वाचन आयोगले विशेष महाधिवेशनपछिको नेतृत्वलाई वैधानिकता दिए पनि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा देउवा-कोइराला समूहले समानान्तर गतिविधि अघि बढाएको सन्दर्भमा आएको हो । 

नेपाली कांग्रेसमा हाल गगन थापा नेतृत्वको पक्ष र देउवा-खड्का-कोइराला पक्षबीच आधिकारिकता र पार्टी संरचनाको विषयमा विवाद छ । संस्थापन इतर पक्षले यो बैठकलाई पार्टीको एकता र भावी रणनीति तय गर्न महत्वपूर्ण मानिरहेको छ । बैठकमा सहभागी नेताहरूले पार्टीको वर्तमान अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी कार्यक्रमबारे छलफल गरिरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.