
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले नवयुवाहरूको आकांंक्षालाई सम्बोधन गर्न पनि आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी हुनुपर्ने जिकिर गर्नुभएको छ ।
शनिबार रोल्पाको लिवाङमा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता महराले मुलुकमा समाजवादी व्यवस्था सुदृढ बनाउन पनि पुष्पकमल दाहाल नेतृत्वको नेकपा विजयी हुनुको विकल्प नभएको बताउनु भयो । उहाँले रोल्पाले जनयुद्धमा खेलेको भूमिकाका कै कारण मुलुकमा संघीयतासहितको गणतन्त्र आएको पनि बताउनु भयो ।
नेता महराले मुलुकलाई समृद्ध बनाउने काममा आफूहरूले नेतृत्वदायी भूमिका निर्वाह गरेको पनि बताउनु भयो ।