गगनप्रति रविको कटाक्ष- ‘प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेछ’

फाल्गुन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
गगनप्रति रविको कटाक्ष- ‘प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेछ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले सहकारी वचत रकम अपचलन प्रकरणमा आफूविरूद्ध प्रमाण छ भनेको ६ सय ५८ दिन भइसकेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाप्रति कटाक्ष गर्नुभएको छ ।

शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो कटाक्ष गर्नुभएको हो । उहाँले आफूलाई अन्तिम इच्छा सोधिएको पनि निकै भइसकेको भन्दै आफ्नो अन्तिम इच्छा फागुन २१ मा मतपत्रमार्फत देखाइदिन मतदालाई आग्रह गर्नुभयो । 

उहाँले नेपाललाई मागिखाने नभइ गरी खाने देश बनाउने प्रतिबद्धता समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘ममाथि प्रमाण छ भनिएको ६ सय ५८ दिन भएछ, चाहिएन प्रमाण भइगयो । मेरो अन्तिम इच्छा सोधेको पनि धेरै दिन भएछ । म चितवनबाट भन्छु मेरो अन्तिम इच्छा फागुन २१ गते देखाइदिनु होला ।’

उहाँले पाँच वर्षको लागि राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतका साथ विजयी गराउन अपील समेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.