नेपाली कांग्रेसले देशलाई बदल्न चाहेको छ : विश्वप्रकाश शर्मा

फाल्गुन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली कांग्रेसले देशलाई बदल्न चाहेको छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताउनुभएको छ ।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उपसभापति शर्माले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दलहरूलाई दुश्मनीको रूपमा लिन नहुने समेत बताउनु भयो । निर्वाचनपछि सबै दलहरूले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरूले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने उहाँको भनाइ थियो । 

उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा पनि जोड दिनुभयो । उपसभापति शर्माले निर्वाचनको मञ्चलाई गाली गर्ने अवसरको रूपमा लिने काम पनि गर्न नहुने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.