स्वर्णिम वाग्लेको आरोप- ‘पुराना राजनीतिक दलहरूले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए’

फाल्गुन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वर्णिम वाग्लेको आरोप- ‘पुराना राजनीतिक दलहरूले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको ‘मेसिन’ बनाए’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पुराना राजनीतिक दलहर"ले दलीय संरचनालाई भ्रातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाएको आरोप लगाउनुभएको छ ।

शुक्रबार चितवनमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । पुराना दलहरूमाथि राज्य संयन्त्र कब्जा गरी दोहन गरेको आरोप लगाउँदै वाग्लेले दलीय सिन्डिकेट अन्त्य नगरीकन मुलुकमा विद्यमान समस्या समाधान गर्न नसकिने जिकिर गर्नुभयो । 

उहाँले विश्वविद्यालयहरू, अस्पताल, संघ-संस्थादेखि राज्यका हरेक निकाय निकम्मा दलिय छायामा रहेको भन्दै उहाँले रास्वपा सबै प्रकारका दलिय हस्तक्षेप अन्त्य गर्ने प्रतिाद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘दलीय संरचनालाई भातृ संगठनका नाममा राज्य दोहनको मेसिन बनाइयो । हाम्रा विश्वविद्यालयहरु कब्जा गरियो, अस्पताल कब्जा गरियो, संघसंस्थाहरु कब्जा गरियो, राज्यको हरेक निकाय निकम्मा दलीय छायामा छ । आज म स्पष्ट भन्न चाहन्छु, अब यो लुटको खेति स्पष्ट रुपमा बन्द हुनेछ, हुनैपर्छ । दोहनको दलीय सिण्डिकेट अब खारेज हुनैपर्छ । नझुक्किनुहोला पुराना दलहरु फेरी त्यही संरचना बोकेर तपाईहरुसामु आएका छन् । हामीलाई थाहा छ यो परजिवीहरुको रजगज बन्द गर्नासाथ देशका आधा समस्या तुरुन्तै समाधान भएर जानेछन् ।’

उहाँले अगामी २१ फागुन हुने निर्वाचनमा रास्वपालाई बहुमतका साथ विजयी गराउन समेत अपिल गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.