आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रूपमा उदाउनुपर्छ : ईश्वर पोखरेल

फाल्गुन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रूपमा उदाउनुपर्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले आसन्न निर्वाचनमा एमाले मुलुकको निर्णायक शक्तिको रूपमा उदाउनुपर्ने बताउनु भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका उहाँले शुक्रबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सो जिकिर गर्नुभएको हो । आसन्न निर्वाचनलाई देश बनाउने र विगार्नेहरूबीचको जनमत संग्रहको रूपमा चित्रण गर्दै नेता पोखरेलले एमाले देश बनाउने शक्ति भएकाले निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गराउन लागि परेको समेत बताउनु भयो । 

उहाँले केही शक्तिहरूले मुलुकलाई अस्तव्यस्त बनाएर आफूले लाभ प्राप्त गर्ने कोसिस गरिरहेको पनि बताउनु भयो । त्यस अवसरमा नेता पोखरेलले आफू काठमाडौं क्षेत्र नम्बर ५ बाट विजयी हुने सुनिश्चित भएको दाबी समेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.