
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो दललाई निषेध गरेर जान सकिन्छ भन्ने भ्रम नपाल्न चेतावनी दिनुभएको छ । काठमाडौं- २ बाट पार्टीको उम्मेदवार बन्नुभएकी नेतृ कुन्ती पोखरेलको घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी कुनै विदेशी शक्तिको आशीर्वादमा पार्टी नभएको दाबी गर्नुभयो । काठमाडौं- २ बाट राप्रपा उम्मेदवार कुन्ती पोखरेलले आफ्नो पार्टीले मात्रै मुलुकका समस्या समाधान गर्न सक्ने जिकिर गर्नुभयो । उहाँले मतदाताहरूलाई देशको भविष्यलाई केन्द्रमा राखेर सोच्न आग्रह गर्नुभयो ।