कांग्रेसको नेतृत्वमा सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्छ : गोपालमान श्रेष्ठ

पुस २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसको नेतृत्वमा सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्छ : गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान राजनीतिक संकट टार्नको लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले जेन-जी, नयाँ उदाएका शक्ति र राजनीतिक दलका बीचमा गोलमेच सम्मेलन गर्नुपर्ने बताउनुभएको हो । उक्त सम्मेलनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले अहिले राष्ट्रिय एकताको खाँचौ औल्याउनुभयो । कांग्रेसको नेतृत्वमा सबैलाई लिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले विशेष महाविधेशनले विधानअनुसार निर्णय गर्नुपर्ने बताउनुभयो । विशेष महाधिवेशनले गरेको निर्णय सबैले मान्नुपर्ने उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.