पार्टी विभाजन गर्न कोही नलागौँ : रामहरि खतिवडा

पुस २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टी विभाजन गर्न कोही नलागौँ : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टीलाई विभाजन गर्ने दिशामा कोही पनि जान नहुने बताउनुभएको छ ।

सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीलाई कसरी बलियो बनाउने भन्नेबारेमा सबैले सोच्नुपर्ने बताउनु भयो । उहाँले मेरो गोरूको बाह्रै टक्का जस्तो गरी कोही पनि जान नहुने बताउनु भयो । पार्टीलाई निर्वाचनमा फेरि ठूलो पार्टी बनाउने गरी अघि बढ्नुपर्ने उहाँकाे भनाइ छ । सभापति शेरबहादुर देउवाले एकजुट भएर कांग्रेस अघि बढ्नुपर्ने बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘महामन्त्रीज्युहरु पनि हाम्रै पार्टीको महामन्त्री हो । पार्टीलाई फुटको संघारमा नलैजाऔँ । संवाद गरौँ । निष्कर्ष पार्टीलाई के गरी बलियो बनाउन सकिन्छ त्यो गरौँ । मेरो गोरुको बाह्रै टक्का जस्तो गरी हामी नअल्झिऔँ । यो पार्टीलाई अझ सुदृढ बनाउन र निर्वाचनमा फेरि पहिलो कांग्रेस बनाउन फुटेर नभइ जुटेर अघि बढ्नुपर्छ । पार्टीका साथीहरुलाई एक बनाउन सबै लाग्नुहोला । मलाई फुटेको मन छैन् । अन्तिम प्रयास पनि जारी रहेको छ ।’

उहाँले भृकुटीमण्डपमा गएर पनि केही संवाद गरेर पार्टी एकता हुने भए त्यसबारेमा पनि छलफल गर्न सकिने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.