
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वार्ताबाट पार्टीको समस्या समाधान गर्नुपर्ने बताउनुभएको छ ।
सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वार्ताको माध्यमबाट सबै कुराको समाधान हुने भएकाले वार्ताका लागि डा। शेखर कोइरालाले पहल सुरू गर्ने बताउनु भयो । सोमबार महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशन आह्वान गरेर बन्दसत्र सुरू गरेसँगै सभापति शेरबहादुर देउवा निवासमा नेताहरूबीच छलफल भएको थियो ।
छलफलपछि वार्ताका माध्यमबाट सबैकुराको समाधान निकाल्ने बताइएको छ । उहाँले भन्नुभयो, ‘वार्ताबाट सबैकुरा समाधान हुन्छ, वार्ता नै नगरी कसरी हुन्छ । वार्ताबाट समाधान गर्नुपर्छ । शेखर दाईले कुरा गर्नुहुन्छ ।’
आइतबार काठमाडौंमा महामन्त्रीद्वयको आह्वानको विशेष महाधिवेशन सुरू भएको छ ।