विशेष महाधिवेशन पार्टी विधानअनुसार अघि बढ्छ : महामन्त्री शर्मा

पुस २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
विशेष महाधिवेशन पार्टी विधानअनुसार अघि बढ्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार अघि बढ्ने बताउनुभएको छ ।

महाधिवेशनस्थलको अवलोकनको लागि शुक्रबार भृकुटीमण्डप पुग्नुभएका महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै सो दाबी गर्नुभएको हो । उहाँले विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि त्यसको कार्यविधि निर्माण गरिने र सोहीअनुसार महाधिवेशनले नेतृत्व चयनको प्रक्रियामा जाने बताउनु भयो । 

उहाँले पार्टीका कुनै पनि नेताहरूलाई अनादर गर्ने तथा उनीहरूप्रति नकारात्मक टिप्पणी गर्ने पक्षमा आफू नरहेको बताउँदै विधानको व्यवस्थाअनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले महाधिवेशनमा सहभागी हुन पार्टी सभापति तथा कार्यवाहक सभापतिलाई समेत निमन्त्रणा गरिसकेको बताउनु भयो ।

उहाँले आइतबारदेखि सुरू हुने विशेष महाधिवेशन समग्र पार्टीको साझा मञ्चको रूपमा अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.