
जुम्ला । जुम्लामा सुत्केरी भएर थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरिएकी महिलाको मृत्यु भएको छ ।
तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीलाई उद्दार गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको थियो । उहाँको उपचारको क्रममा गएराति १ बजे निधन भएको अस्पतलाले जनाएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा सुत्केरी भएकी १८ वर्षीय अस्मिताको स्वास्थ्य बिग्रदै गएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो । नवजात शिशु सामान्य रहेपनि अस्मिताको मृगौला र फोक्सोमा समस्या देखिएको थियो ।