कांग्रेसका लागि विशेष महाधिवेशन गर्नु अनिवार्य जिम्मेवारी भयो : गगनकुमार थापा

पुस ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेसका लागि विशेष महाधिवेशन गर्नु अनिवार्य जिम्मेवारी भयो : गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन गर्नु अनिवार्य रहेको बताउनुभएको छ ।

शुक्रबार पार्टी मुख्यालयमा विशेष महाधिवेशन पक्षधरहरूको माग पत्र बुझेपछि उहाँले पार्टी केन्द्रीय कार्य समितिले अब विशेष महाधिवेशनको माग पूरा गर्न अनिवार्य भएको प्रतिक्रिया दिनुभएको हो । महामन्त्री थापाले मंसिर महिनाभित्र पार्टीको १५औँ महाधिवेशन नभएपछि पुस मसान्तसम्म गर्ने भन्ने पार्टीको निर्णय बाध्यकारी व्यवस्था भएको र त्यो हुन नसके पछि विशेष महाधिवेशनको मागअनुसार अघि बढ्नु पार्टीको लागि अनिवार्य सर्त भएको बताउनु भयो । 

महामन्त्री थापाले विशेष महाधिवेशनमा जाने कुरालाई अब पार्टी केन्द्रीय कार्य समितिले नै स्वीकार गर्नुपर्ने भएकाले त्यसमा आफूले थप टिप्पणी गर्न आवश्यक नभएको जिकिर समेत गर्नुभयो । महामन्त्री थापाले १५औँ महाधिवेशन पुस मसान्तभित्र गरिसक्नुपर्ने भएकाले पनि विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्ने पार्टीको जिम्मेवारी भएको तर्क पनि गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.