
काठमाडौं । सरकारले हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ ।
उहाँले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृती दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको बताउनुभयो । उहाँले जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हरेक वर्षको पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय भएको छ । नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृती दिन अनुमति दिने निर्णय पनि भएको छ ।’
उहाँले विभिन्न ९ वटा स्थानहरूमा इलाका प्रशासन कार्यालयहरू स्थापना गर्ने निर्णय भएको पनि बताउनु भयो ।