
काठमाडौै । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नयाँ शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यक रहेको बताउनु भएको छ । घिसिङले नयाँ नेतृत्वहरू स्थापित गर्दै अगाडि बढ्नुपर्ने र उज्यालो नेपालले यस दिशातर्फ नेतृत्वदायी भूमिकाका साथ अगाडि बढ्ने बताउनु भयो ।
उज्यालो नेपाल पार्टीको कार्यालय उद्धघाट्नको क्रममा संरक्षक घिसिङले वर्तमान सरकार चुनाव गर्नका लागि गठन भएको बतताउनु भएको छ । उहाँले प्रतिनिधि सभाको चुनाव नयाँ शक्ति उदयको प्रस्थानविन्दु भएको पनि जिकिर गर्नुभयो ।
घिसिङ पार्टी कार्यालय उद्धघाट्नमा सरिक हुनु अघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग भेटवार्तामा हुनुहुन्थ्यो । वालेन्द्रसँगको भेटपछि नै घिसिङले नयाँ शक्तिहरु एकताबद्ध हुनुपर्ने र उज्यालो नेपालले यस दिशातर्फ नेतृत्वदायी भूमिकाका साथ अगाडि बढ्ने बताउनु भएको हो ।
पछिल्लो समय काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले घिसिङ र रास्वपा सभापति रवि लामिछानेसँग एकल्लाएक्लै भेट गरिरहनु भएको छ ।