वैकल्पिक शक्तिहरुलाई कुलमानको आह्वान : ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’

मंसिर १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
वैकल्पिक शक्तिहरुलाई कुलमानको आह्वान : ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नसके मात्र मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन सकिने बताउनुएको छ ।

बुधबार उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको समृद्धिको प्रमुख आधार नै भ्रष्टाचार नियन्त्रण भएको बताउनुएको हो । उहाँले आगामी २१ फागुनपछि कस्तो सरकार बन्छ ? प्रश्न र चासो आम नागरिकमा रहेको उल्लेख गर्दै नयाँ विकल्पको रूपमा उज्यालो नेपाल पार्टीको स्थापना भएको बताउनु भयो । 

उहाँले परिवर्तनको नेतृत्व नयाँ पुस्ताका सक्षम व्यक्ति, संस्था र संगठित जनसमूदायले गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले आम नागरिकको इच्छा र आकांक्षाका आधारमा वैकल्पिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

घिसिङले वैकल्पिक राजनीतिक शक्ति एक ठाउँमा नआएसम्म परिणाममुखी परिवर्तन सम्भव नहुने जिकिर गर्नुभयो । बिग्रिएको बेला गाली गर्ने तर अवसर आउँदा पछि हट्ने प्रवृत्तिले मुलुकको विकास सम्भव नरहेको उहाँको भनाइ छ । राजनीतिमा सही, सक्षम र इमान्दार व्यक्तिहरू प्रवेश गर्नुपर्नेमा उहाँको जोड थियो । मन्त्री घिसिङले प्रमुख अतिथिको रूपमा पार्टी घोषणा सभाको सम्बोधन गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.