सामुहिक रूपमा उठेनौँ भने यो देश जनताको नरहन सक्छ : सन्तोष परियार

मंसिर ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सामुहिक रूपमा उठेनौँ भने यो देश जनताको नरहन सक्छ : सन्तोष परियार

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सबै एकताबद्ध नभए देश जनताको नरहन सक्ने बताउनुभएको छ ।

आइतबार काठमाडौंमा आयोजित प्रगतिशील लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सधैं गरिब भइरहनुको कारण नेतृतव वर्गले जनतालाई केन्द्रमा नराख्नु रहेको बताउनु भयो । संकटको घडीमा सबै एक हुनुपर्ने बताउनु भयो । इतिहासमा कहिल्यै पनि नेतृत्व वर्गले जनताको देश बनाउन नसकेको उहाँकाे आराेप छ । अग्रजको अनुभव, जेन-जी पुस्ताको संघर्ष र मेहनतले अहिलेको संकट समाधान गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी सधैं किन गरिब भइरहन्छाैँ भन्दा हाम्रा नेतृत्व गर्नेहरू, राजनीति गर्नेहरूले देश र जनतालाई केन्द्रमा राखेर राजनीति नगर्दा हामी आज यस ठाउँमा पुगेका छौँ । संकटको यो घडीमा हामीले सामुहिकतामा जोड दिएनौँ भने र सामुहिक रूपमा उठेनौँ भने यो देश देश जस्तो नरहन सक्छ । यो देश जनताको नरहन सक्छ । इतिहासमा कहिल्यै हामीले जनताको बनाउन सकेनौँ । तसर्थ अग्रजको अनुभव, जेन-जी पुस्ताको संघर्ष र मेहनतले यो देशको संकट मोचन गर्नुपर्नेछ ।’

अहिले नागरिक र सरकारबीच अविश्वासको संकट पैदा भएको उहाँकाे भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.