
काठमाडौं । माओवादी पूर्वउपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वप्रमुख सचेतक सन्तोष परियार र नेपाल समाजवादी पार्टी नयाँ शक्तिका संयोजक दुर्गा सोब पक्षबीचको एकता आज घोषणा हुँदैछ ।
तीन पक्ष मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी नाम घोषणा गर्ने सहमति भएको छ । पार्टीको संरचना समावेशी चरित्रको रहने छ । समावेशी सामूहिक अध्यक्ष परिषद्मा चारजना रहने छन् । जसअनुसार सुदन किराँती, सन्तोष परियार, दुर्गा सोब र एक मधेशी समुदायबाट हुने एक नेताले बताए ।
बृहत् प्रगतिशील एकता कार्यक्रमको अध्यक्षता परियारले गर्ने तयारी छ । पार्टीको संरक्षकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई रहनु हुनेछ । माओवादी पूर्व महासचिव जनार्दन शर्मा पनि पार्टीको कार्यकारी भूमिकामा रहनु हुनेछ ।