बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य

मंसिर ३, २०८२ |बालकृष्ण अधिकारी
बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य

हटाैँडा । बागमती प्रदेश सभाको वर्षे अधिवेशन अन्त्य गरिएको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। बैठकले प्रदेश सभाको चालु वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो। 

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मङसिर ३ गते बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य हुने गरी सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो। सरकारले अब छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन बोलाउने तयारी गरेको प्रवक्ता तामाङले बताउनुभयो ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।