वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : अध्यक्ष ओली

कार्तिक ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको छ ।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताउनुभएको हो । उहाँले एमाले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको बताउनु भयो । 

उहाँले देशको सबैभन्दा ठूलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पार्नुभयो । यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरू फरार रहेको समयमा निर्वाचन हुन नसक्ने उहाँकाे भनाइ थियाे । अहिलेको सरकारसँग निर्वाचन गराउने के-को हक छ ? उहाँको प्रश्न छ ।

अध्यक्ष ओलीले सबैले तत्काल विघटित प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्नुपर्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.