यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ : ओली

कार्तिक ३०, २०८२ |कान्तिपुर टीभी संवाददाता
यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको टिप्पणी गर्नुभएको छ ।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले ओली र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको बताउनु भयो । त्यसका लागि जेन-जीहरूलाई संगठित गर्ने, उनीहरूको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरूको हातमा मागपत्र दिने जेन-जीहरूलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा लागेको उहाँले आराेप लगाउनुभयाे । 

वर्तमान सरकार बिना पैसाको नाटक देखाइरहेको टिप्पणी गर्नुभयो । जेन-जीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ड्राफ्ट गरेको भन्नेसमेत आफूलाई जानकारी रहेको उहाँले बताउनु भयो । आफूहरू बिना पैसामा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले वर्तमान सरकारले कलाविहीन नाटक मञ्चन गरिरहेको टिप्पणी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.