कांग्रेस पनि अन्ततः प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिन्छ : ओली

कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस पनि अन्ततः प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अन्ततः विघटित प्रतिनिधि सभा पुनः स्थापनाको पक्षमा उभिने दाबी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले कांग्रेससँग आफूहरूले संवाद गरिरहेको समेत बताउनु भयो । उहाँले शेरबहादुर देउवा उपचारका लागि बाहिर गएपछि कांग्रेसमा नेतृत्वको अभाव देखिएको बताउनु भयो । 

अध्यक्ष ओलीले देउवाकै अभावमा कांग्रेस केन्द्रीय कार्य समिति बैठक लम्बिएको जिकिर समेत गर्नुभयो । अध्यक्ष ओलीले कांग्रेसभित्र नेतृत्वकै अभावमा जटिलता थपिन पुगेको पनि बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.