
काठमाडौं । नेपाल पुलिस क्लब प्रथम झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरको छ ।
पुलिसले संकटालाई २-० गोलअन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो । शिवसताक्षी नगरपालिकाको दूधे रंगशालामा पुलिस क्लबकी मीना देउवाले खेलको ६९औं मिनटमा गोल गरी टिमलाई अग्रता दिलाइन् । रेखा पौडेलले ८२औं मिनेटमा गोल गरी गोल संख्या दोब्बर गरिन् ।
पुलिसको भेट शनिबार हुने दोस्रो सेमिफाइनलको त्रिभुवन आर्मी र एपीएफको विजेतासँग हुने छ । आजको प्लेयर अफ दि म्याच रेखा पौडेल भइन् । उनले १५ हजार रूपैयाँ हात पारिन् । विजेताले नगद १० लाख १० हजार र उपविजेताले ५ लाख रूपैयाँ हात पार्ने आयोजकले जनाएको छ ।
सर्वोत्कृष्ट खेलाडीलाई नगद १ लाख ५० हजार रूपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले जनही २५ हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।