
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे राष्ट्रपतिले नै गर्नुपर्ने माग गर्नुभएको छ ।
विद्वत् वर्गसँगको अन्तर संवादमा ओलीले अदालतले प्रतिनिधि सभा पुनर्स्थापना नगरे राष्ट्रपतिले नै गर्नुपर्ने माग गर्नुभएको हाे । अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनर्स्थापना अदालत गरेन भने राष्ट्रपतिले गर्नुको विकल्प नरहेको जिकिर गर्नुभयो । उहाँले प्रतिनिधिसभा पुनःस्थापनाको आफ्नो पार्टीको माग सत्य भएको जिकिर गर्दै त्यसको पक्षमा आम नेपाली जनता उभिनुपर्ने समेत बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामी विघटित प्रतिनिधि सभाको तत्काल पुनर्स्थापनाको माग लिएर हरेक नेपाली जनता आन्दोलित हुनुपर्दछ । र, प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई तिव्र बनाउनुपर्दछ । जसले विघटन गर्छ, त्यसले पुनर्स्थापना गर्छ कि त अदालतले गर्छ । होइन भने विघटन गर्ने राष्ट्रपतिले गर्नु पर्छ । असंवैधानिक ढंगले विघटन गर्नसक्ने, पुनर्स्थापना गर्न नसक्ने भन्ने हुन्छ राष्ट्रपतिले ? पुनःस्थापना गर्नुपर्यो नि । विघटन गर्ने राष्ट्रपतिले पुनर्स्थापना गर्नु पर्यो । यस कुरामा हामी लेख्नसक्नु पर्दछ । बोल्न सक्नुपर्दछ । सत्यको पक्षमा उभिन सक्नुपर्दछ ।'
यस्तै उहाँले वर्तमान सरकार असंवैधानिक भएको जिकिरसमेत गर्नुभयो ।