जनार्दन शर्माले अराजक व्यवहार देखाए : दाहाल

कार्तिक १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनार्दन शर्माले अराजक व्यवहार देखाए : दाहाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का पूर्वअध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाउनुभएको आरोप लगाउनुभएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठक राम्रो किसिमले चलिरहेको तर आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किनुभएको बताउनु भयो । उहाँले शर्माको उक्त शैली राम्रो नभएको टिप्पणी गर्नुभयो । शर्मा सचिवालय बैठक छोडेर बीचमै निस्किनुभएको थियो । उहाँले माओवाद माओवादी केन्द्रले छोड्न लागेकोप्रति आपत्ति जनाउँदै नेकपा (एकीकृत समाजावदी)सँग पार्टी एकता हुन नहुने धारणा राख्नुभएको छ ।

दाहालले केन्द्रीय कमिटी बैठकसम्म शर्मा पनि एक हुने बताउँदै माओवादी केन्द्र एकजुट रहेको दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.