नेकपा एससँग एकता गर्ने निर्णयमा जनार्दन शर्माको आपत्ति, मान्य नहुने चेतावनी

कार्तिक १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेकपा एससँग एकता गर्ने निर्णयमा जनार्दन शर्माको आपत्ति, मान्य नहुने चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकता गर्नेकुरा मान्य नहुने चेतावनी दिनुभएको छ ।

शनिबार पार्टी एकताबारे अन्तिम निर्णय लिन बसेको बैठकमा उहाँले सो कुरा मान्य नहुने धारणा राख्दै बैठकबाट बाहिरिनुभएको हो । पार्टीको महाधिवेशनलाई छल्न, नेतृत्व हस्तान्तरणको मुद्दालाई आझेलमा पार्नेगरी संयाेजक पुष्पकमल दाहालले नेकपा एससँग पार्टी एकता गर्ने कुरालाई अघि बढाएको र त्यसले पार्टीलाई कुनै पनि हालतमा हित नगर्ने उहाँको जिकिर थियो । 

नेता शर्माले संयाेजक दाहालले नेकपा एससँग माओ विचारलाई परित्याग हुनेगरी जनताको बहुदलीय जनवादको आधारभुत कुराहरूमा अघि बढ्ने सहमतीसहित अघि बढेकाले त्यसमा आफूहरू सहमत हुन नसक्ने समेत बताउनु भयो ।

नेता शर्माले अध्यक्ष दाहालले महाधिवेशनमा आफ्नो पक्षमा बहुमत पुर्‍याउन पनि नेकपा एससँग एकता गर्न लागेको भन्दै आपत्ति समेत जनाउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.