एमाले सचिवालय बैठक जारी

कार्तिक १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी छ । आगामी महाधिवेशनको तयारीका लागि एमालेले सचिवालय बैठक बोलाएको हो ।

भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा जारी बैठकमा विधान प्रतिवेदन, महाधिवेशन प्रतिनिधि चयनको मापदण्डलगायतबारे छलफल भइरहेको छ । गत असोज अन्तिम साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले आगामी मंसिर २७ देखि ३० गतेसम्म पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय गरेको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.