पार्टीमा आन्तरिक सुशासन आयोग गठन कांग्रेसका जेन-जी युवाको माग

कार्तिक १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टीमा आन्तरिक सुशासन आयोग गठन कांग्रेसका जेन-जी युवाको माग

काठमाडौं । नेपाली काँग्रेसमा आबद्ध जेन–जी उमेर समूहका केही युवाले मुलुकमा सुशासन कायम गर्न पार्टीभित्रैबाट शुरु गर्नुपर्ने भन्दै आन्तरिक सुशासन आयोग गठन गर्न माग गरेका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनीहरुले पार्टीबाट जनप्रतिनिधि बनेका सबैको समीक्षा गरी अनुगमन गर्नुपर्ने बताए ।

नियमित वा विशेष महाधिवेशन गरी पार्टीलाई आधुनिक दलको रूपमा नयाँ ऊर्जासँग अघि बढ्ने रोडम्याप सार्वजनिक गर्न समेत उनीहरुले आग्रह गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.