पार्टी एकताको विषयले एकीकृत समाजवादीमा विवाद

कार्तिक १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टी एकताको विषयले एकीकृत समाजवादीमा विवाद

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा पार्टी एकताको विषयले विवाद बढेको छ ।

बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताका लागि नेकपा माओवादी केन्द्रसँग छलफल भैरहेको जानकारी दिँदै विचार मिल्नेहरु एक हुनुपर्ने प्रस्ताव राख्नुभएको थियो ।

तर बिहीबार आफ्नो धारणा राख्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले माओवादीसँग एकता गर्न नसकिने बताउनुभएको छ । उहाँले अख्तियारले मुद्दा लगाएकोले अध्यक्ष नेपालले पद छाड्नुपर्ने प्रस्ताव पनि राख्नुभयो । यस्तै महासचिव घनश्याम भुसालले माओवादीसँग एकताका लागि हतार गर्न नहुने बताउनुभएको छ ।

एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकताका लागि छलफल गरिरहेको छ । अध्यक्ष नेपालसहितका धेरै नेता एकताका पक्षमा भए पनि खनाल र महासचिव भुसाल पक्षका नेताहरु भने त्यसको विपक्षमा उभिने तयारीमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.