
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा सिंगापुर पुग्नु भएको छ । गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्नुभएका देउवा र राणा सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनु भएको हो ।
विमानस्थलबाट बाहिरिने क्रममा उहाँहर दुबै जना ह्विलचेयरमा देखिनु भयो ।
गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने घरमा आगजनी भएको थियो ।
त्यसपछि असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सार्वजनिक हुनुभएको थियो । उहाँहरु दुबै उपचारका लागि सिंगापुर पुगेको बताइएको छ ।
तस्वीर सौजन्य : सुवास कार्की



