नेदरल्यान्ड्सका म्याक्स्वेल प्याट्रिक कर्णाली याक्समा अनुबन्धित

कार्तिक १०, २०८२ |खेल ब्युरो
नेदरल्यान्ड्सका म्याक्स्वेल प्याट्रिक कर्णाली याक्समा अनुबन्धित

काठमाडौं । एनपीएलको फ्रेन्चाइज क्लब कर्णाली याक्सले नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ । 

याक्सले साेमबार विज्ञप्ति जारी गरेर ओ डाउडको अनुबन्धबारे जानकारी दिएको हो । ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने योजनासहित एसोसिएट टोली नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेको क्लबका निर्देशक गृहेन्द्र घिमिरेले बताएका छन् । 

ओ डाउड त्रिवि मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन् । याक्सले पहिलो विदेशी खेलाडीका रुपमा स्कटल्यान्डका स्पिनर मार्क वाट र दोस्रो विदेशीको रूपमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरेको थियो ।

कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडले पहिलो पटक एनपिएल खेल्न लागेका हुन्। ३१ वर्षीय म्यान्स ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टी-२० आई खेल खेलिसकेका छन् । जसमा उनले २ हजार तीन सय ९ रन बनाएका छन् । उनले एक सतकसहित १६ अर्धसतक बनाएका छन् । 

कीर्तिपुरको मैदानमै उनले मलेसियाविरूद्ध ७३ बलमा करियरकै अविजित सर्वाधिक एक सय ३३ रन बनाएका थिए । उनले नेदरल्यान्ड्सको लागि ६५ एकदिवसीय खेलमा दुई हजार १ सय ५३ रन बनाइसकेका छन् ।