प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच आज 'भिडियो कल' हुने

आश्विन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच आज 'भिडियो कल' हुने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र भारतका समकक्षी नरेन्द्र मोदीबीच आज कुराकानी हुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्री कार्की र मोदीबीच भिडिओमा स‌म्वाद हुने लागेको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेटमा भारतीय प्रधानमन्त्री मोदीले भिडियो कलमा कुरा गर्न चाहेको जानकारी गराउनुभएको थियो । त्यसअवसरमा प्रधानमन्त्री कार्कीले पारस्परिक हितका विषयमा छलफल गर्न सकिने जवाफ दिनुभएको थियो । त्यसअनुसार आज प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी मोदीसँग भिडिओ कुराकानी गर्ने लाग्नु भएको हो ।

यसअघि मोदीले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपालको समृद्धिको कामना गर्नुभएको थियो भने मणिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको असामान्य अवस्थामा नागरिक सरकार गठन हुन सकेकामा स्वागत गर्नुभएको थियो ।

जेनजी आन्दोलनका कारण केपी शर्मा ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनमा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनुभएको हो । त्यही राति प्रतिनिधि सभा विघटन गर्नुभएका राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि आम निर्वाचन घोषणा गर्नुभएको छ । कार्की सरकारको काँधमा ६ महिनाभित्र प्रतिनिधि सभा सदस्यको निर्वाचन गराउनुपर्ने प्रमुख जिम्मेवारी छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.