लोकतन्त्र स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्ण : सभापति देउवा

भाद्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
लोकतन्त्र स्थापनाका लागि आदिवासी, जनजातिहरुको भुमिका महत्वपूर्ण : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थापनाका लागि आदिवासी, जनजातिहरूको भुमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आदिवासी जनजातिले पार्टी र देशका लागि कठोर संघर्ष गर्नुभएको बताउनु भयो । 

उहाँले प्रजातन्त्र स्थापनाको मार्गमा आफ्नो घर परिवारको प्रवाह नगरी आदिवासी, जनजातिहरूले काम गरेको बताउनु भयो । आदिवासी, जनजातिकै त्याग र बलिदानका आधारमा नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्न सफल भएको उहाँकाे भनाइ छ ।

सभापति देउवाले आदिवासी, जनजातिलगायत नेताहरूलै देखाउनुभएको लोकतान्त्रिक समावेशी मार्गमा कांग्रेस अग्रसर रहेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.