काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सानो छ भनेर कुप्रचार नगर्न चेतावनी दिनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले जनताको बीचमा आफ्नो प्रभाव विस्तार गर्नको लागि विभिन्न अभियान सञ्चालन गरिरहेको बताउनु भयो ।
मेची-महाकाली अभियान, समाजवादी जागरण अभियान सञ्चालन गर्दा देशभरबाट पार्टीमा प्रवेश गर्नेहरुको लर्को लागेको उहाँले बताउनु भयो । जनताको विश्वास विस्तार गर्ने पार्टीले शक्तिलाई परिचालित गर्ने भन्दै शक्ति परिचालित गर्न जरुरी रहेको उहाँकाे भनाइ छ ।
नेकपा (एकीकृत समाजवादी)को भविष्य रहेको बताउँदै यसलाई सशक्त बनाउने बताउनु भयो । नेपाली जनताको विश्वास जितेर नेपाली राजनीतिमा ठूलो भुमिका खेल्ने स्थितिमा पुर्याउने बताउनु भयो ।
अध्यक्ष नेपालले शक्तिशाली पार्टीले नै समाजको परिवर्तन र रूपान्तरण गर्नसकने बताउनु भयो ।