लिपुलेक हुँदै व्यापारिक सम्बन्ध बढाउने गरी चीन-भारतबीच सहमति हुनुले नेपालको भौगोलिक अखण्डतामाथि आँच पुगेको भन्दै उहाँले स्पष्टसँग दुवै छिमेकीसँग कुरा गर्न आवश्यक रहेको बताउनुभएको हो।
उहाँले दुवै छिमेकी देशसँग झुक्ने नभइ राजनीतिक र कूटनीतिमार्फत् तथ्य प्रमाणले लिपुलेक नेपालको हो भन्न सक्नुपर्ने बताउनुभयो । अहिलेको समस्यालाई बुद्धिमता र चातुर्यताका साथ रणनीतिक कदम चालेर अवसरमा बदल्नुपर्ने पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव छ ।