देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ : शेखर कोइराला

भाद्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरूको भएको बताउनु भयो । सामुदायिक शिक्षालाई बलियो बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सांसद कोइरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालयको विकास हुन नसक्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.