लिपुलेक नेपालकै भूमि, कूटनीतिक तवरले समाधान खोजिन्छ : मन्त्री गुरूङ

भाद्र ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
लिपुलेक नेपालकै भूमि, कूटनीतिक तवरले समाधान खोजिन्छ : मन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले लिपुलेक नेपालकै भूमि रहेको बताउँदै कुटनीतिक तवरले टुंग्याउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार पोखरामा प्रेस चौतारी कास्कीले गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरूङले लिपुलेकबाट नेपाल सरकार पछि नहटेको बताउँदै भारत र चीनले गरेको व्यापार सहमतिको विषय कूटनीतिक तहबाटै समाधान गरिनुपर्ने बताउनुभएको हो । 

लिपुलेकमा व्यापारका लागि करिडोर बनाउनेबारे नेपालको चासोको विषय भएको उहाँको भनाइ छ । फरक प्रसंगमा मन्त्री गुरूङले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषयमा सत्ता गठबन्धनभित्र कुनै सहमति नभएको स्पष्ट पार्दै चर्चा भए पनि त्यसले आधिकारिकता नपाएको बताउनुभयो । 

उहाँले रास्वपा सरकारमा हुँदा राना उपसभामुख बनेको तर अहिले परिस्थिति फेरिएको समेत उल्लेख गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.