साथीहरु नेता भन्छन् तर मेरो संगठित सदस्यमै च्यासलले प्रश्न उठायो : पूर्वराष्ट्रपति भण्डारी

भाद्र ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
साथीहरु नेता भन्छन् तर मेरो संगठित सदस्यमै च्यासलले प्रश्न उठायो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले राष्ट्रपति भएर नेपालको गौरव बढ्ने गरी काम गरेको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका मर्यादित ढंगले र राष्ट्रको गौरव बढ्नेगरी काम गरेको बताउनु भयो । राष्ट्रपति हुँदा आफूले गरेको कामहरु इतिहासको पानामा खुला रहेको भन्दै उहाँले आफू पनि आलोचना भन्दा बाहिर नरहेको बताउनु भयो । तर तथ्यका आधारमा आलोचना हुनुपर्ने उहाँको भनाइ छ । आफू नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्ने पनि स्पष्ट पार्नुभयो । आफूलाई केहीले नेता मान्ने गरेको तर च्यासलले संगठित सदस्यमै प्रश्न उठाएको उहाँले टिप्पणी गर्नुभयो । 

भण्डारीले राजनीतिक दलहरुभित्र विकृति, विसंगति फस्टाएको पनि बताउनुभयो । उहाँले सरकारले सुशासन प्रवर्द्धन गर्न नसकेको बताउँदै राजनीतिक दल अहिलेको प्रणालीअनुसार अघि बढ्न नसकेको बताउनु भयो । संसद् अहिले निरीह थलो भएको उहाँको भनाइ छ ।

 उहाँले कानूनहरु समयानुकुल कस्तो बनाउनुपर्ने भन्ने कुरामा ध्यानपूर्वक अध्ययन नै नभएको जिकिर गर्नुभयो । ठूला दलहरु आफैँले अहिलेको संविधानमा प्रश्न उठाएर संविधान संशोधन गर्ने सहमति गरेपनि संविधानमा के अभाव रह्यो, के आवश्यकता छ भनेर छलफल हुन नसकेको उहाँले बताउनु भयो ।

पूर्वराष्ट्रपति भण्डारीले शिक्षा सम्बन्धी समस्या नेपालमा ठूलो समस्या रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.