सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा गाली खानुपर्‍यो : गगन थापा

भाद्र ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा गाली खानुपर्‍यो : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको प्रक्रिया अगाडि नबढाउँदा गाली खानुपरेको बताउनु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै महामन्त्री थापाले सात बुँदे सहमतिको आधारमा सरकार बनेको भए पनि पहिलो बुँदा नै कार्यान्वयन गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । माथिल्लो सदन राष्ट्रिय सभामा बहुमत पुगेपछि संविधान संशोधनको प्रक्रिया अगाडि बढाउँछौं भन्न सरकारले नपाउने उहाँको भनाइ छ । उहाँले संविधान संशोधनको लागि साझा मुद्दाहरुमा सहमति बनाउँदै अगाडि लैजानुपर्ने उल्लेख गर्दैं सदनमार्फत नै संयन्त्र बनाउन सरकारसँग आग्रह गर्नुभयो । सरकारले जनतासँग गरेको वाचा अनदेखा गरेको भन्दै त्यस्तो गर्न पाउने अधिकार सरकारसँग नभएको उहाँको तर्क छ ।

दुई प्रमुख दलहरुको समीकरणमा बनको सरकारले समेत अपेक्षाकृत नतिजा दिन नसकेको भन्दै उहाँले सुधारको आवश्यकता औंल्याउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.