काठमाडौं । गीतकार कुमार बोम्जनको रचना रहेको 'सिर सिर हावा' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
संगीतकार तथा गायक शुभ तामाङको संगीत रहेको गीतलाई राजु लामा (मंगोलियन हार्ट) र मेलिना राईले आवाज दिएका हुन् । गीतका लेखक कुमार बोम्जनको युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।
म्युजिक भिडियोमा नायक तथा मोडल आकाश श्रेष्ठ र मोडल कृष्टि शेरबुजाले अभिनय गरेका छन् भने निर्देशन मौसम हिमालीले गरेका हुन् ।