भारत-चीन सहमतिविरुद्ध काठमाडौंमा प्रदर्शन

भाद्र ५, २०८२ |कान्तिपुर टीभी संवाददाता
भारत-चीन सहमतिविरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाली भूमि लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने चीन र भारतबीच भएको सहमतिको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघर, लैनचौरस्थित भारतीय राजदूतावास अगाडि र अस्कल क्याम्पसमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा विद्यार्थी र आमनागरिक सहभागी भए । प्रदर्शनकारीले भारत र चीनबीच भएको सहमति खारेज गर्नुपर्ने माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.