उपलब्धि रक्षाका लागि परिवर्तनकारी शक्तिको भूमिका सम्बन्धमा नेता श्रेष्ठ र यादवबीच छलफल

श्रावण २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
उपलब्धि रक्षाका लागि परिवर्तनकारी शक्तिको भूमिका सम्बन्धमा नेता श्रेष्ठ र यादवबीच छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच लोकतान्त्रिक उपलब्धिको रक्षा तथा समाजवादको दिशातर्फ अघि बढ्न परिवर्तनकारी शक्तिबीचको सहकार्य सम्बन्धमा छलफल भएको छ ।

नेता श्रेष्ठको निवास हात्तीवनमा साेमबार भएको छलफलमा उहाँहरूबीच सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा सङ्घर्षरत शक्तिको भूमिकाबारे विचारविमर्श भएको श्रेष्ठका सचिवालयले जनाएको छ ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.