काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) पुनः सक्रिय हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आशंका व्यक्त गर्नुभएको हो । उहाँले दक्षिण एसियामा सार्कको महत्व धेरै रहेको बताउँदै उहाँले अहिले कोमामा रहेको टिप्पणी गर्नुभयो ।
उहाँले अब फर्किने हो वा होइन ठेगान नभएको बताउनु भयो । विगतमा सार्कमा पनि काउण्टर टेरेरिजमको कुरा उठेको उहाँले बताउनु भयो । आतंकवादी गतिविधिलाई समाप्त गर्ने च्यानल आवश्यक रहेको उहाँकाे भनाइ थियाे । आतंकवादीहरूको रूटकज पत्ता लगाएर बेलैमा समस्या समाधान गर्न जरूरी रहेको उहाँले बताउनु भयो ।
अध्यक्ष यादवले आतंकवादी गतिविधि नियन्त्रण गर्न आर्थिक सहयोग कसैले पनि गर्न नहुने बताउनु भयो ।