संखुवासभा । उर्जा जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का नाका देशकै महत्वको नाका रहेको बताउनुभएकाे छ ।
उहाँले साे नाका १२ महिना चल्ने भएकोले यसमा सरकारको ध्यान गएको बताउनुभएकाे छ । किमाथांका नाकालाई अहिलेको सरकारले प्राथामिकता दिएर अगाडी बढेको पनि उहााले बताउनुभयाे ।
संखुवासभाको चैनपुरमा सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटनका क्रममा शनिबार उहाँले किमाथांका नाकामा चीन सरकारको पनि विशेष चासो रहेको जानकारी दिनुभयाे । यो नाकामा चीनको सहयोग प्राप्त हुनेछ, उहाँले भन्नुभयाे, सडक जोडिएसँगै यो नाका सञ्चालनमा आउने छ। त्रिदेशीय सम्बन्धलाई विशेष महत्वका साथ हेर्नु पर्ने छ ।'
जिल्लामा ठुला जलविद्युत आयोजनामा भारत सरकारको लगानी भएकोले दुवै छिमेकी मुलुकसँग सम्बन्ध कायम गरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयाे ।
चैनपुरमा खुलेको सिंचाइ तथा जलश्रोत व्यवस्थापन आयोजनाले पानीको स्रोतहरूको दीगो उपयोग गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने उहाँकाे भनाइ छ । उहाँले आयोजनामा विभिन्न प्राविधिक, व्यवस्थापकीय, र सामाजिक पक्ष समेटिएको समेत बताउनुभयाे।
यो आयोजनाले ४ वटा जिल्लामा काम गर्ने उहाँले जानकारी गराउनुभयाे । जनताको जनचाहनाअनुसार स्थापना भएको आयोजनाबाट ४ जिल्लाबासीले सेवा पाउने पनि उहाँले बताउनुभयाे।
स्रोत र साधन भए पनि संखुवासभा पछि परेको थियो, उहाँले भन्नुभयाे, जनताको चहानाअनुसार बजेट विनियोजन भएको छ।' उर्जाको क्षेत्रमा मन्त्रालयले ८० प्रतिशत काम गरेको उहाँले बताउनुभयाे।