विरोधीहरू एमाले र कांग्रेसको सहकार्य भड्काउने खेलमा छन : प्रधानमन्त्री ओली

जेष्ठ २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
विरोधीहरू एमाले र कांग्रेसको सहकार्य भड्काउने खेलमा छन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले एमाले र नेपाली कांग्रेसको सहकार्य भड्काउन प्रयास गरिरहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको र कुनैपनि समयमा नेतृत्वमा नरहन सक्ने बताउनु भयो । अब १३ महिनापछि फेरि नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिने दाबी गर्नुभयो । 

उहाँले एमालेको उद्देश्य मिसन ०८४ रहेको र यो अन्योल र अमूर्त कुरा नरहेको जिकिर गर्नुभयो । मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने मिसन भएको उहाँले बताउनु भयो । 

प्रतिक्रियावादी शक्तिहरूले अनेक प्रकारका जालझेल गरेर सहकार्य गरिरहेको नेपाली कांग्रेसलाई मिसन ०८४ भनेको छ, कांग्रेसलाई सिध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ, भनेर खेल्ने काम गरिरहेको उहाँले बताउनु भयो । बहुमत ल्याउने दाबी कांग्रेसले पनि गरिरहेको र कसले ल्याउँछ भन्नेकुरा आफ्नो ठाउँमा रहेको उहाँकाे भनाइ छ । 

प्रधानमनत्री ओलीले नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले समेत ०६४ सालको जस्तै लहर आइसक्यो भन्ने गरेको र बहुमत ल्याउने सपना देखिरहनुभएको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.