मैले घुस लिएको छैन : माधव नेपाल

जेष्ठ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
मैले घुस लिएको छैन : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले देश र जनतालाई नोक्सान हुने कुनै पनि काम नगरेको बताउनुभएको छ ।

मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै आफूले घुस नलिएको र अनुचित काम पनि नगरेको दाबी गर्नुभयो ।

‘देश र जनतालाई नोक्सान हुने केही काम गरेको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन्छु, मलाई विश्वास छ न्यायपालिकाले न्याय दिनेछ,’ उहा“ले भन्नुभयो ।

अध्यक्ष नेपालले निजी स्वार्थका लागि कुनै पनि काम नगरेकाले आत्तिन आवश्यक नभएको पनि बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.