सरकार ढल्छ भन्नेहरू पुर्पुरोमा हात लगाएर बस्न थाले : प्रधानमन्त्री

वैशाख १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार ढल्छ भन्नेहरू पुर्पुरोमा हात लगाएर बस्न थाले : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरू पुर्पुरोमा हात लगाउन थालेको बताउनुभएको छ । शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आए लगत्तै सरकार ढल्छ भन्ने गरेकोप्रति लक्षित गर्दै अहिले पुर्पुरोमा हात लगाएर बस्ने गरेको टिप्पणी गर्नुभयो । 

उहाँले सरकार परिवर्तनको हल्ला फिजाउन जरुरी नरहेको बताउनुभयो । उहाँले हल्लाखोरको पछाडि लाग्न नहुने भन्दै मिसन २०८४ मा लाग्न पार्टीका नेता÷कार्यकर्ताहरूसँग आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “यो सरकार ढल्दैन भन्यो, ढल्छ भन्छ फेरि अर्कोले । ढल्दैन भनिसकेपछि सिद्धियो नि । हामी भनिरहेका छौं, ढल्दैन । फेरि के त्यस्ता हल्लाखोरहरूका कुराहरूका पछाडि किन कुदिरहने ?”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.