राजतन्त्र फर्कने सम्भावना छैन : कांग्रेस नेता सिटौला

चैत्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजतन्त्र फर्कने सम्भावना छैन : कांग्रेस नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताउनुभएको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका नेता सिटौलाले राजाले भन्दा देश जनताले बचाउने बताउनुभयो । 

उहाँले पूर्वराजालाई मन भए राजनीतिमा आउन चुनौती दिनुभयो ।

“आज देशभरका युवाहरूलाई साक्षी राखेर भन्न चाहन्छु पूर्वराजा ज्ञानेन्द्र तिमी चुप लागेर बस । त्यसैमा तिम्रो भलाइ छ । त्यसैमा तिम्रो कल्याण छ । मन छैन भने आऊ राजनीति गर्न पाउँछौं । भारतमा ब्रिटिश साम्राज्य हुँदा राजैराजाहरू थिए । ती सबै राजाहरू आज राजनीतिमा आएका छन् । राजनीतिमा आउनुस् स्वागत छ । साँच्चै जनताको सेवा गर्न मन छ भने, साँच्चै जनताको माया छ भने उनले बचेखुचेको सम्पत्ति दिऊन् त जनतामा । आँट छ ?”, कांग्रेस नेता सिटौलाले भन्नुभयो, “हामीले महाराजधिराजको सम्पत्ति राष्ट्रियकरण गर्यौं । त्यो गर्ने क्याबिनेटको अध्यक्ष पनि मै हुँ । पूर्वराजा ज्ञानेन्द्र निकै ठूला व्यापारी पनि हुन्, उद्योगपति हुन् । आँट छ सबै सम्पत्ति जनतालाई सुम्पिदिने ? म सोध्छु उहाँलाई ।”

कांग्रेस पूर्वमहामन्त्री समेत रहनुभएका सिटौलाले आवश्यकता अनुसार संविधान संशोधन गर्नेपक्षमा सत्तारुढ दलहरू रहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.